देउवापार ब्वाइजको आयोजनामा रक्तदान: ६६ युनिट रगत सङ्कलन

प्रदिप ज्ञवाली, सैनामैना ।
शुक्रवार देउवापार ब्वाइजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट ६६ युनिट रगत सङ्कलन भएको क्लवले जानकारी दिएको छ ।

कार्यक्रममा देउवापार ब्वाइजका अध्यक्ष नारायण न्यौपानेको अध्यक्षता सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्रप्रसाद शर्माकोप्रमुख आतिथ्यता रहेको थियो भने मनिष घिमिरेको संयोजकत्व एवम् क्लवका सचिव विशाल पौडेलको सञ्चालनमा सैनामैना ७ देउवापारमा रहेको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation