शृष्टि युवा क्लवको आयोजनामा खूल्ला भलिवल प्रतियोगिता हुदै

उपकार अनलाईन, सैनामैना ।

हरितालिका तीजको अवसर पारेर सैनामैना ३ दर्खासीमा स्व.ईन्द्र प्रसाद भट्टराईको स्मृतीमा (B-Level) खुल्ला भलिवल प्रतियोगिताको आयोजना हुने भएको छ । सैनामैना वडा नं. ३ दर्खासीमा रहेको शृष्टि युवा क्लवको आयोजनामा यहि भदौ १६ गते देखी भलिवल प्रतियोगिता हुन लागेको हो ।

सैनामैना ३ दर्खासी खेल मैदानमा भलिवल प्रतियोगितामा सञ्चालन हुने शृष्टि युवा क्लवका अध्यक्ष भक्त बहादुर थापाले जानकारी गराउनुभयो । युवाहरुको मागलाई मध्यनजर गर्दै विगतका वर्षहरु देखिनै क्लवले भलिवल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस वर्ष पनि क्लवले भलिवल खेललाई निरन्तरता दिएको हो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ । सहभागी हुन इच्छुक संघ सस्थाले भाद्र १४ गते भित्र टिम दर्ता गर्न खेल संयोजक बोम बहादुर बुढा मगरले आग्रह गर्नुभएको छ ।

May be an image of text

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation