जनज्योति आधारभुत विद्यालयको विद्यालय व्यवस्थापन समिती गठनः अध्यक्षमा थापा

उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ मा रहेको श्री जनज्योति आधारभुत विद्यालयले चित्रबहादुर थापा मगरको अध्यक्षतामा ७ सदस्य विद्यालय व्यवस्थापन समिती गठन गरेको छ । त्यस्तै ईन्द्र बहादुर बि.क. को अध्यक्षतामा १० सदस्य शिक्षक अभिभावक समिति समेत गठन गरेको छ । आइतवार विद्यालयको सभाहलमा सम्पन्न अभिभावक भेलाले विद्यालय ब्यवस्थापन समितिमा थापालाई र शिक्षक अभिभावक संघमा विकलाई सर्वसम्मत चयन गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि सैनामैना नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष तम बहादुर पुर्जाले विद्यालयको शैक्षिक गुणस्तरमा वडाले विशेष निगरानी गर्ने वताउनुभयो । उहाँले विगतका नतिजा त्यति सन्तोसजनक न आएको भन्दै विद्यायल प्रशासनले त्यता तर्फ अलि ध्यान दिन आग्रह गर्नुभयो । विद्यालयलाई अगाडी बढाउनका लागि आफु जुनसुकै सहयोग गर्न पनि तयार रहेको कुरा उल्लेख गर्दै नवगठीत अध्यक्ष तथा अन्य पदाधिकारीलाई सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यस्तै सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बन्जाडेले विद्यालयलाई शैक्षिक गुणस्तरलाई ध्यानमा राखेर अगाढी वढ्न सुझाव दिनुभयो । उहाले नवगठीत अध्यक्ष तथा अन्य पदाधिकारीलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिम बहादुर खड्काले प्रगति प्रतिवेदन र भावी योजना प्रस्तुत गर्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष भिम बहादुर खड्काको अध्यक्षता, सैनामैना नगरपालिका वडा नं ३ का वडा अध्यक्ष तमबहादुर पुर्जाको प्रमुख आतिथ्यता,सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बन्जाडेको बिशिस्ट आतिथ्यता र वडाको जनप्रतिनिधि सदस्यहरू, समितिको सल्लाहकारहरू, पूर्व अध्यक्षहरू, टोल बिकास समितिको अध्यक्षहरू र अभिभावकहरूको उपस्थितिमा सम्पन्न कार्यक्रमको प्रधानाध्यापन बुद्धप्रसाद गौतमको स्वागत र शिक्षक संजिब थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation