दोस्रो किङ्स कप भलिवल प्रतियोगिताको आम्दानी, खर्च सार्वजनिक

पाल्पा । किङ्स क्लव रामपुर पाल्पाले दोश्रो किङ्स कप भलिवल प्रतियोगिता २०८१ को आम्दानी र खर्च सार्वजनिक गरेको छ। किङ्स क्लव रामपुर पाल्पाको पहिलो वार्षिकोत्सवको अवसरमा रामपुर नगरपालिका संरक्षक, भम्वक युनाईटेड सहआयोजमा राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदु भन्ने मुलमन्त्रका साथ मिति २०८१ पौष २४ देखि २७ सम्म रामपुर-५ भम्वकमा सम्पन्न भएको दोश्रो किङ्स कप भलिवल प्रतियोगिता २०८१ मा भएको कूल आम्दानी र खर्च सार्वजनिक  गरेको हो।

रामपुर ५ सानीअमराई होटल आस्था ईनको सभाहलमा किङ्स क्लवका अध्यक्ष योगेन्द्र हमालको अध्यक्षता र रामपुर न पा वडा नं ५ का कार्यवाहक वडाध्यक्ष युवराज शाहीको प्रमुख आतिथ्यता र किङ्स क्लव, भम्वक युनाईटेड क्लवका पदाधिकारी, समिति सदस्यहरु, पत्रकार, आमा समुह, सल्लहकार र समाजसेवीहरुको उपस्थितिमा खर्च सार्वजनिक कार्यक्रम गरिएको हो । किङ्स क्लवका अध्यक्ष योगेन्द्र हमालद्वारा कूल आम्दानी रु १० लाख ५४ हजार ४० रूपैया र रु ९ लाख ९२ हजार ९ सय ४३ रूपैया खर्च भएको बताउनु भयो । रु ६१ हजार ९७ रूपैया आम्दानी रहेको प्रतिवेदन अनुमोदन भएको छ।

दोश्रो किङ्स कप भलिवल प्रतियोगिता-२०८१ को अवसरमा भम्वक यूनाईटेड क्लवले पनि नगद रु १ लाख १३ हजार रूपैया आर्थिक संकलन गरेको र सो आम्दानीको पनि छिट्टै आम्दानी खर्च सार्वजनिक गर्ने भम्वक यूनाईटेडका अध्यक्ष बालकृष्ण कुमालले जानकारी गराउनु भयो।

दोश्रो किङ्स कप भलिवल प्रतियोगिता २०८१ को अवसरमा भएको आम्दानीबाट नै भम्वक यूनाईटेड क्लवलाई ४ थान भलिवल, र १ थान जाली, नवदुर्गा मा वि तिलकपुरलाई १ थान भलिवल, रामपुर ५ भम्वकस्थित महिला उद्दार आमा समुहद्वारा निर्मित शिव मन्दिरमा घण्टी खरिदका लागि नगद रू१५ हजार सहयोग गरिएको किङ्स क्लवका उपाध्यक्ष प्रितम भट्टराईले जानकारी गराउनु भएको थियो साथै कार्यक्रममै स्टेप रामपुरलाई ५ थान भलिवल प्रमुख अतिथिबाट प्रदान गरिएको थियो ।

दोश्रो किङ्स कप भलिवल प्रतियोगिता २०८१ अत्यन्त अनुशासित र भव्य रुपमा सम्पन्न गरेको,आर्थिक अनुशासनमा रहि खर्च सार्वजनिक गरेकोमा धन्यवाद दिंदै आगामि दिनमा पनि कार्यक्रम गर्दा विश्वास प्राप्त भै कार्यक्रमले निरन्तरता पाउने प्रमुख अतिथि शाहीले बताउनुभयो।

खर्च सार्वजनिक कार्यक्रममा समाजसेवी तिलक मल्ल, कृष्ण सिं ठकुरी, शंकर खाँण, गोविन्द राना र कमल राना, सल्लाहकारहरु अनुप मल्ल, हरि बहादुर ज्ञवाली खेल संयोजक लक्ष्मण मल्ल, भम्वक वूनाईटेडका उपाध्यक्ष राजकुमार खाँण, ज्योतिपुन्ज युवा क्लवका पूर्व अध्यक्ष कृष्ण पौडेल, एकता कुमाल समाजका अध्यक्ष सुकमाया कुमाल, महिला उद्दार आमा समुहका सपना सेन, देउराली समुहका अध्यक्ष तेज कुमारी वयम्वु लगाएतले शुभकामना एवं धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रम किङ्स क्लवका सचिव जोगन भुजेलको संचालनमा भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation