
विमल गैरे, सैनामैना । रुपन्देहीको कञ्चन गाउँपालिकामा जारी लुम्विनी साझेदारी कप फुटवल प्रतियोगिताको फाइन खेल आज हुदै छ ।आज उपाधिका लागि इभोलुसन क्लव अफ तामनगर र योङ्ग बयज क्ल्व देवदह दिउँसो ४ भिड्दै छन् । अस्नैया युवा क्लव र लुम्विनी साझेदारी बनको संयुक्त आयोजनामा गत १६ गते बाट सन्चालन भएको प्रतियोगिताको आज समापन हुदै छ ।
लुम्विनी साझेदारी कप फुटवल प्रतियोगिताको समापन सत्रको प्रमुख अतिथि लुम्विनी प्रदेश सरकारका भौतिक पूर्वाधर विकास मन्त्री भुमिश्वर ढकाल रहेको अस्नैया युवा क्लवका अध्यक्ष दुर्गा रास्कोटीले उपकार अनलाइनलाइ जानकारी दिनुभयो ।
प्रतियोगितामा उपाधि हात पार्ने टोलीले नगद २ लाख रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेता टोलीले नगद १ लाख रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने सर्वाेत्कृष्ट खेलाडीलाई नगद २५ हजार रुपैया प्रदान गरीने छ ।