
उपकार अनलाइन, सैनामैना ।
बुद्धनगर युवा क्लबको आयोजनामा रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा प्रथम बीवाईसी कप खुल्ला नकआउट पुरुष भलिबल प्रतियोगिता आज बाट सुरु हुदैछ । चैत्र ३० गते सम्म चल्ने उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्घाटन सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले गर्ने कार्यक्रम रहेको बुद्धनगर युवा क्लवका अध्यक्ष दिपक चौधरीले उपकार अनलाइनलाई जानकारी दिनुभयो ।
“स्वास्थयका लागि खेलकुद राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य उद्देश्य भलिबल खेलको विकास सँगै उदयमान खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्नु रहेको छ । प्रतियोगिताको उद्घाटन खेल दिउसो ३ वजे आयोजक क्लव र लाफा समुह बुटवल विच हुने खेल संयोजक दिपक ज्ञवालीले जानकारी दिएका छन् ।
प्रतियोगितामा ९ टिमको सहभागिता रहेकोछ छ । प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनल पुग्ने दुई टोलीलाई समान १५ हजार ५५ ससय ५५ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ । त्यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडीलाई ३ हजार तथा स्पाईकर, डिफेन्डर, ब्लकर, सर्भिस, प्रशिक्षक र सेटरलाई प्रत्येक खेलबाट समान १ हजार ५ सय रुपैयाँ दिईने बताईएको छ ।
खेलको प्रत्यक्ष प्रशारण उपकार अनलाइन टिभिले गर्ने छ ।