बीवाईसी कप: बिहिबार पानीले रोकिएका खेल आज १० बजेबाट सुरु हुने

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना ५ बुद्धनगरमा जारी प्रथम बीवाईसी कपको तेस्रो दिन शुक्रबार (आज) कुल चार खेल हुनेभएका छन् । दोस्रो दिन बिहिबार (हिजो) खेलहरु बर्षाका कारण प्रभावित भएका खेलसहित आज कुल चार खेल हुने आयोजक बुद्धनगर युवा क्लबले जानकारी दिएको हो ।

खेल आज बिहान १० बजेपछि सञ्चालन हुने छन् । आज पहिलो खेलमा मणिमुकुन्द भलिबल क्लबले गोल्डेन युवा क्लब र दोस्रो खेलमा न्यू होराईजोन स्र्पोटस क्लबले सृष्टी युवा क्लबसँग खेल्ने क्लबका खेल संयोजक दिपक ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँले आजै हुने तेस्रो खेलमा शुद्धोधन गाउँपालिका र गोलपार्क स्र्पोटस् क्लब तथा चौँथो खेलमा परासी युवा क्लबले आयोजक बुद्धनगर युवा क्लबसँग खेल्नेछन ।

प्रतियोगितामा आयोजक सहित कुल ९ टोली सहभागी छन् ।

प्रतियोगिताको विजेता टोलीले १ लाख ५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रो हुने टोलीले ५५ हजार ५ सय ५५ शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाईनल पुग्ने दुई टोलीलाई समान १५ हजार ५५ ससय ५५ रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ ।

त्यस्तै, विधागत तर्फ उत्कृष्ट खेलाडीलाई ३ हजार तथा स्पाईकर, डिफेन्डर, ब्लकर, सर्भिस, प्रशिक्षक र सेटरलाई प्रत्येक खेलबाट समान १ हजार ५ सय रुपैयाँ दिईने बताईएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation