
उपकार अनलाइन । शिक्षालाई उमेरले छेक्दैन अधुरो शिक्षालाई पुरा गरौं’ भन्ने नाराका साथ विक्रम सम्बत २०६३ सालमा स्थापना भएको
साधना महिला विद्यालय बुटवल ६ ले आफ्नो १९ औँ वार्षिकोत्सव समारोह सम्पन्न गरेको छ ।
कार्यक्रम आफ्नो मनतव्य राख्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्यालले जुन उद्देश्यले विद्यालय खोलिएको हो त्योभन्दा विद्यालय अझै उत्कृष्ट बन्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो । विद्यालय स्थापना गर्दा आफूहरूले भोग्नुपरेको आरोहअवरोहको चर्चा गर्दै उहाँले सबै आमा दिदीबहिनीहरुलाई शिक्षाबाट वञ्चित नहुन् आग्रह समेत गर्नुभएको छ । त्यस्तै उहाँले बिद्यालयलाई नगरपालिकाको तर्फबाट गर्नुपर्ने भौतिक तथा आर्थिक सम्पूर्ण सहयोगको लागि आफू तत्पर रहेको समेत जानकारी दिनु भएको छ ।
विद्यालयका प्राधानाध्यापक।विष्णुकुमारी गौतमले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २७ जनाबाट सुरु भएको विद्यालयमा अहिले २०३ जना विद्यार्थीले अध्ययन गरेको र १२ जना शिक्षक कर्मचारीहरु रहेको बताउनुभएको छ ।
विद्यालयलाई सहयोग गर्ने शिक्षाप्रेमी , चन्दादाता , संघ संस्था तथा सम्पूर्ण प्रति धन्यवाद समेत उहाँले व्यक्त गर्नुभएको छ । कार्यक्रममा शिक्षा, विकास तथा समन्वय इकाईका प्रमुख माधव बन्जाडे, बुटवल उपमहानगरपालिका।वडा नम्बर ६ का वडाध्यक्ष लोकनाथ न्यौपाने बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य यम बहादुर सुनार , गोरखा वारपाक गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष , त्यस्तै बुटवल उपमहानगरपालिका शिक्षा शाखा प्रमुख टिकाराम पन्थी, नहरपुर माध्यमिक विद्यालयका प्राधानाध्यापक धनिश्वर गौतम , ज्ञानोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक टीकाराम पौडेल , विद्यालयका पूर्व प्रधानाध्यापक तारा पाण्डेय ,पूर्व शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सल्लाहकार विष्णु केसी , संस्थापक सदस्य केदार नेपाल , विद्यार्थी निशा बुढाथोकी लगायतले बोल्दै बिद्यालयको थप सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने ५० हजार रकम बराबरको अक्षय कोष स्थापना गर्ने लायन्स एरिया चिफ कल्पना शिवाकोटी , बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य यम बहादुर सुनार , खलिल मिया , पूर्व।अभिभावक संघका अध्यक्ष बिरमान लामा , पूर्व शिक्षक विष्णु केसी लगायत विद्यालयका शुभेच्छुक,उत्कृष्टविद्यार्थी तथा शिक्षकहरुलाई सम्मान समेत गरिएको थियो। कार्यक्रममा विद्यार्थी, शिक्षकले आफ्नो नृत्य तथा गित प्रस्तुत गर्नुभएको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मतिलाल जैशीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत विद्यालयका सहायक प्रधानाध्यापक तेजकुमारी लुइँटेल र सञ्चालन शिक्षक बिनिता थापाले गर्नुभएको थियो ।