उपकार अनलाईन, सैनामैना ।
उपकार सञ्चार गृह प्रा.लि द्धारा सञ्चालनमा आएको उपकार अनलाईन डट.कम (www.upakaronline.com) ले शैक्षिक सस्था र सस्थाको शैक्षिक प्रगती हरेक अभिभावक र जनसमुदाय माझ पुर्याउने उद्धेश्यले शैक्षिक टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने भएको छ । रुपन्देहीको सैनामैनाबाट सञ्चालनमा आएको उपकार अनलाईनले खस्कदो शैक्षिक अवस्थालाई माथी उकास्न यो कार्यक्रम गर्न लागेको जनाएको छ ।
शैक्षिक कार्यक्रमको नाम ‘हाम्रो विद्यालय’ रहने छ । जहा विद्यालयको स्थापना कालदेखी हाल सम्मको अवस्थालाई प्रस्तुत गरिने छ । विद्यालयको समस्या समाधानका उपाय तथा प्रगतीको प्रचारप्रसार गरिने सस्थाका अध्यक्ष विमल गैरेले बताए । कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिकाले पढाउने शैलि बारे विद्यार्थीहरु संग सोधिने छ भने विद्यार्थीका प्रतिभाहरु पनि समावेश गरीने छ । गुणस्तरीय शिक्षाका लागि विद्यालयले गरेका नमुना कामहरुलाई कार्यक्रममा समावेश गरिने छ । विद्यालय व्यवस्थापन समिति, शिक्षक, शिक्षिका, प्रधानाध्यापक तथा विद्यार्थीका विचार पनि समावेश गरिने छ । यसले गर्दा विद्यालयमा विद्यार्थी तथा अभिभावकको विश्वास, विद्यालयको प्रचारप्रसार हुने र शिक्षामा सुधार आउने अपेक्षा गरिएको छ ।
हाम्रो विद्यालय कार्यक्रम Upakaronline Tv, www.upakaronline.com र उपकार अनलाईनको फेशवुक पेज upakaronlinr.com बाट हेर्न सकिने कार्यक्रम सञ्चालक रमेश गैरेले बताए । अहिले कार्यक्रमको प्रोमो प्रशारण गरिएको छ । केहि विद्यालयको कार्यक्रम छायांकन भएको र सम्पादन गर्ने कार्य भइरहेको हुदा केहि दिनमा दर्शकहरुले कार्यक्रम हेर्न पाउने गैरेले वताए ।