प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी राष्ट्रपति जाे बाइडेनबीच आज अमेरिकाको न्युयोर्कमा भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपतिबीच भेट भएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभएकाे हाे ।

सङ्क्षिप्त भेटमा उहाँहरुबीच दुई देशबीचकाे आपसी हितका विषयमा सहकार्यसम्बन्धी कुराकानी भएको थियो । भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गङ्गा दाहाल सहभागी हुनुहुन्थ्यो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation