
उपकार अनलाईन, सैनामैना ।
श्री पर्रोहा माध्यमिक विधालयले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत गरेको छ । आफ्नो स्कूलमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई कक्षा१२ का विधार्थीले शुक्रबार विधालयमा एक कार्यक्रमका बीच स्वागत गरेका हुन् ।
पर्रोहा माध्यमिक बिध्यालयमा अध्ययनरत कक्षा १२ का छात्र विवेक के.सीको सभापतित्वमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् सैनामैना–४ का वडा अध्यक्ष रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यता विद्यालयका प्रधानाध्यापक बल बहादुर के.सी तथा सहप्रधानाध्यापक हरि भट्टराईको विशिस्ट आतिथ्यता रहेको थियो ।
विद्यार्थीलाई स्वागत तथा शुभकामना दिदै विधालयका अध्यक्ष रामप्रसाद अधिकारीले आफ्नो ज्ञान सिप क्षमता विकास गर्ने यो समय महत्त्वपूर्ण रहेकोले देश र समाजको लागि असल नागरिक बन्ने तर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
उहाँले उत्कृष्ट नतिजा हासिल गर्दै शैक्षिक जगतमा नाम कमाएको पर्रोहा माध्यमिक बिध्यालयलाई शैक्षिक विकासमा अझ उज्ज्वल बनाउन विद्यार्थीको मुख्य भूमिका रहने बताउनुभयो ।
सैनामैनाकै सबैभन्दा पुरानो विधालयले लामो समयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको यस स्कुलले पछिल्लो समय नगर कै एक उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा धेरै विद्यार्थी र अभिभावकको रोजाइमा पर्ने गरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।
विद्यालयका प्राचार्य बल बहादुर के.सीले विद्यालयको स्थापनाकालको इतिहास बताउँदै अहिले शैक्षिक, आर्थिक र भौतिक रूपमा सक्षम र सबल बन्नुको पछाडि विधालय व्यवस्थापन समिति, स्थानीयवासी, विद्यार्थी, अभिभावक र शिक्षक कर्मचारीको देन रहेको स्पष्ट पार्नुभयो । उहाँले अनुशासित र लगनशील भएर शिक्षा हासील गर्न तर्फ उन्मुुख हुन विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।
सहप्राचार्य हरि भट्टराईले विधालयको गरिमा अझ उच्च राख्न सबै विद्यार्थीले हरदम प्रयास गर्नुपर्ने बताउँदै आफ्नो बौद्धिक क्षमतालाई देशकै निम्ति प्रयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा शिक्षा र ब्यवस्थापन संकाय अध्ययन गर्ने १ सयबढी नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान थियो। सो अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक नृत्य प्रस्तुतीका साथै नवआगन्तुक बिद्यार्थीहरुलाई खादा फुलको गुच्छा र अबिरले स्वागत गरिएको थियो।
कार्यक्रम कक्षा १२ कै विधार्थी विष्णु शर्माको संचालनमा सम्पन्न भएको थियो ।