दोस्रो मोतिपुर फूलबारी कपको पहिलो दिन बाणगंगा वेलफेर एण्ड स्पोर्ट क्लव विजयी

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा आजदेखि दोस्रो मोतिपुर फुलबारी कप फुटबल सुरु भएको छ । खेल खेलौं स्वस्थ्य रहौं भन्ने मूल नाराका साथ बाणगंगा नगरपालिका वडा नम्बर ७ मोतिपुरमा फुटबल सुरु भएको हो ।

दोस्रो फुलबारी कप फुटबलको उद्घाटन खेलामा बाणगंगा वेलफेर एण्ड स्पोर्ट क्लव बिजयी भएको छ । आयोजक मोतिपुर प्रगतिशिल युवा क्लवसँगको खेलमा निर्धारित ९० मिनेटमा १–१ को बराबरी पछि खेल पेनाल्टी सुट आउटमा गएको थियो । पेनाल्टीमा वेलफेयरले मोतिपुर बिरुद्ध ४–२ को गोलसहित बिजयी भएको छ ।

उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले पछिल्लो समय नेपालमा खेलकुदको विकास उल्लेखनीय रुपमा भैरहेको बताउनु भएको छ । खेलकुद व्याक्तिको स्वास्थ्य अवस्था वृद्धि गर्न र देशको नाम चिनाउन निक्कै महत्वपुर्ण रहेकाले शिक्षाको रुपमा हेर्नुपर्ने बताउनु भएको छ ।

No description available.

त्यस्तै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थिले बाणगंगाका युवाहरुले खेलकुदका क्षेत्रमा विगत देखि नै उत्कृष्ट नतिजा ल्याएको स्मरण गर्दैै यस खेलले अझ हौसला थप्नेमा विश्वास व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमा बोल्दै आयोजक क्लवका अध्यक्ष शंकर प्रसाद न्यौपानेले बाणगंगाका युवाहरुलाई फुटबलको क्षेत्रमा अगाडि बढाउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनु भएको छ ।

बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्याल, वडा नम्बर ७ का वडा अध्यक्ष विष्णु गिरी, वडा नम्बर ९ का पूर्व वडा अध्यक्ष धुव्र बेल्वासे, फुलबारी सामुदायिक वनका अध्यक्ष जयलाल गिरी लगाएतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन भने संचारकर्मी राजेन्द्र खनालले गर्नुभएको थियो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation