बुटवल ­मोतिपुर खानेपानीमा प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न

जगलाल नेपाली, रुपन्देही ।
बुटवल ­मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था बुटवलको छैठौ साधारण सभा तथा तेस्रो अधिवेशनको लागि प्रतिनिधि छनौट कार्यक्रम सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिका अन्र्तगतका वार्ड नं. १७, १८ र १९ वडा मध्ये प्रतिनिधी छनौटको लागि वार्ड नं. १९ को मिलिजुली टोल विकास संस्थाको भुडकैयामा भएको भेलावाट ९ सदस्यीय प्रतिनिधिहरु छनौट गरिएको छ । जसमा दिल वहादुर थापा मगर, जगलाल नेपाली, ऋषिराम काफ्ले, शेर वहादुर वि.क., कृष्ण वहादुर घर्ति, इन्द्र प्रसाद न्यौपाने, ओम प्रकास न्यौपाने, खडक वहादुर थापा, कुशुम कुमारी थारु भेलावाट छनौट भएका छन ।

कार्यक्रममा मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष भिम प्रसाद न्यौपानले टोलमा भएका खानेपानी सम्वन्धी समस्याहरु भएमा प्रतिनिधी मार्फत जानकारी गराईदिनुहुन आग्रह गर्नुभयो । त्यस्तै गरि छनौट समितिका संयोजक हरिहर श्रेष्ठले बुटवल उपमहानगरपालिकाका ३ वटा वडामा ३३ वटा टोल विकास संस्था रहेकोले १० सदस्य वरावर १ प्रतिनिधि सदस्य वन्न पाउने भएकोले सबै टोलमा यसरी नै छनोट गरि संस्थाको साधारण सभा तथा अधिवेशन गरिने बताउनु भयो ।

कार्यक्रममा मिन प्रसाद श्रेष्ठ, हिरा भण्डारी, जंग वहादुर खत्री, गंगाराम ढकाल, दिपेन्द्र थारु लगाएतको सहभागिता रहेको थियो । प्रतिनिधि छनौट समितिका संयोजक हरिहर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिव राजु गौडेलले सहजिकरण गर्नु भएको थियो भने ५६ जना खानेपानी उपभोक्ताहरुको उपस्थिती रहेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation