मलमला माध्यामिक विद्यालयमा शैक्षिक सामाग्री वितरण कार्यक्रम सम्पन्न

उपकार अनलाईन, सैनामैना ।

मलमला माध्यामिक विद्यालयमा विहिवार एक कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरीएको छ । रुपन्देहीको सैनामैना–५ गढवामा रहेको उक्त विद्यालयमा सामाजिक अभियन्ता डोलराज भण्डारी, आनन्द गिरी, शिशिर ज्ञवाली, यम बहादुर दर्लामी लगायतका व्यक्तिहरुबाट बिहीबार, उक्त विद्यालयमा अध्यनरत कक्षा शिशुदेखि १० सम्मका ४० जना विद्यार्थीलाई स्टेसनरी वितरण गर्नुभएको छ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज पाण्डेको अध्यक्षता, सैनामैना नागरिक समाज संयोजक तथा सामाजिक अभियन्ता डोलराज भण्डारीको प्रमुख आथित्यता, रेडक्रस लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनीको विशिष्ट आथित्यता एवम् शिक्षक अभिभावक संघ अध्यक्ष रामदत्त जैसी, सदस्य केदारनाथ चापागाईं, प्र.अ. यम बहादुर क्षेत्री लगाएतको आथित्यतामा विद्यालयका  शिक्षक कर्मचारी र विद्यार्थीहरुको उपस्थितिमा सहायक प्र.अ.ऋषिराम अर्यालको स्वागत मन्तव्य र शिक्षक केशवराज घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation