
विमल गैरे, सैनामैना ।
लायन्स क्लव अफ सैनामैना मलमलाले सस्थाका अध्यक्ष विजय काफ्लेको जन्मदिनको अवसर पारेर आर्थीक अवस्था कमजोर भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी सैनामैना रामापुर माध्यामिक विद्यालयमा अध्ययनरत २१ जना गरिव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको लायन्स क्लव अफ सैनामैना मलमलालका कार्यक्रम संयोजक लेखनाथ गैरेले उपकार अनलाईनलाई बताउनुभयो ।
कार्यक्रममा शुभकामना सहित क्लवले विभिन्न समयमा सामाजिक काम गर्दै आइरहेकोमा कार्यक्रमका प्रमुख अथिती सैनामैना वडा नं. ६ का वडा अध्यक्ष गोपाल पोख्रेलले खुसी व्यक्त गर्नुभयोे । कपडा, खाद्यन्न, विद्यालयमा शैक्षिक सामाग्री लगायत विभिन्न समयमा विभिन्न कार्यक्रम सहित समाजमा उदारणीय कार्य गर्दै आएकोमा कल्वलाई धन्यवाद दिदै आफुले क्लवलाई जस्तो सुकै सहयोग गर्न पछि नहट्ने प्रतिवद्धता जनाउनुभयोे । आगामी दिनमा पनी क्लवले यस्तै किसिमका रचनात्मक कार्य गर्न शुभकामना दिनुभयो ।
यस्तै रामापुर माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले आफ्नो विद्यालयमा हुनेखानीका छोराछोरीले पढ्ने भन्दै अरु कुनै सस्थाले यस्ता किसिमका कार्यक्रम नल्याएकोे र लायन्सक्लवले सहयोगको कार्यक्रम लिएर आएकोमा क्लवलाई धन्यवाद दिनुभयो । यस विद्यलायमा गरिव तथा न्युन आर्थीक स्तर भएका अभिभावकका छोरोछारीले पढ्दै आएको जानकारी गराउदै पौडेलले क्लवले आफ्ना विद्यालयका गरिव तथा विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेकोमा खुसी व्यक्त गर्नुभयो । यस किसिमको सहयोगले विद्यार्थीहरुको पढाइमा थप टेवा पुग्ने भन्दै क्लवले आगामी दिनमा पनी यस्तै शैक्षिक क्षेत्रमा उदारणीय काम गर्न क्लवलाई आग्रह गर्नुभयो ।
जन्मदिनमा फचुल खर्च गर्नु भन्दा सामाजिक कार्य गर्नु उचित हुने भएकाले गरीव तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका क्लवका अध्यक्ष विजय काफ्लेले बताउनुभयो । कार्यक्रम विजय काफ्लेको अध्यक्षता, सैनामैना वडा नं ६ का वडा अध्यक्ष गोपाल पोख्रेलको प्रमुख आतिथ्यता, क्लवका सिपि कृष्ण प्रसाद शर्मा, आइ पिपि युवराज कार्की, पिपि सरोज पन्थ, रामापुर माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा क्लवका डाइरेक्टर विष्णु प्रसाद पाण्डे, रामापुर माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेल, क्लवका कोषाध्यक्ष, वावुराम कन्डेल, दिपक न्यौपाने, सुशिल अधिकारी, नविन पाण्डे लगायतको उपस्थीतीमा कार्यक्रम संयोजक लेखनाथ गैरेको स्वागत तथा सचिव चन्द्र प्रकाश बनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।