सैनामैना पाचमा  प्रथम वडा कप सुरु

 सैनामैना । रुपन्देही जिल्लाको  सैनामैना नगरपालिका वडा नं पाचमा प्रथम वडा कप २०८० सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद”  भन्ने मूल नाराका साथ प्रथम वडा  कप २०८० सुरु भएको हो । “युवाहरुमा दिगो विकास, सकारात्मक परिवर्तनमा  सक्रियता ,सैनामैना -५ युवा क्लवको प्रतिद्धता ” भन्ने  मन्त्रलाई  आत्मसाथ गर्दै स्थापित यस क्लवले  प्रथम वडा कप खेलकुद कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा  सैनामैना नगरपालिकाका प्रमुख फडिन्द्र प्रसाद शर्माले  खेलाडि उत्पादनको नर्सरी नै वडा कप भएको भन्दै  कुलतबाट सत्मार्गमा ल्याउन पनि युवा क्लब र यस्ता कार्यक्रमले भूमिका खेल्ने बताए ।

त्यस्तै , कार्यक्रममा बोल्दै नगर उप -प्रमुख  विना रानाले  नगरपालिकाले एक वडा एक व्यवस्थित खेल मैदान  र  एक पालिका एक व्यवस्थित रइ्गशाला भन्ने  नारा निकै पहिलेबाट अगाडि बढाएको भन्दै वडाले यसरी  वडाको संयुक्त क्लव बनाएर  काम गर्दा पालिकालाई सहयोग गर्न सहज हुनेे र कार्यक्रम गर्न वडालाई पनि सहज हुने   बताइन ।

क्लवले खेलकुद  सइ्गै सामाजिक काम पनि सञ्चालन गर्नुपर्ने र सामाजिक रुपान्तरण प्रमुख एजेन्डा सहित परिवर्तनशील कार्यको  सुत्रपात गर्नुपर्ने बताइन । वडामा भएका युवाको खेलकुदका क्षेत्रमा रहेको क्षमता चिन्दै अवसर प्रदान गर्ने र खेलकुद मार्फत  असल आचरण सिकाउने ध्येय राखेर कार्यक्रम गर्न लागिएको कुरा सैनामैना पाचका वडा अध्यक्ष धन प्रसाद पाैडेलले बताए । सैनामैना खेलकुद समिति संयोजक खिम श्रेष्ठले खेलकुदका क्षेत्रमा वडाले  नविन कार्यक्रम सञ्चालन गरेको भएको भन्दै यस्ता कार्यक्रम नगरपालिकाले गर्ने रास्ट्रपति रनिङ शील्ड भन्दा अगाडि गर्न सुझाव दिए ।  वडा भित्रका युवामा खेलकुदको विकास गर्दै खेलाडि उत्पादनमा यस वडा कप कोसेढुङ्गा सावित हुने युवा सन्जाल सैनामैनाका अध्यक्ष समेत रहेका राजेन्द्र घिमिरेले जानकारी दिए ।

कार्यक्रमको उद्घाटन समारोह आज (मङ्गलबार) सम्पन्न भएको छ । वडा कप तथा खेल सप्ताह अन्तरगत विभिन्न विधामा खेल हुनेछन् ।  जसमा तेक्वान्दो र व्याटमिन्टन सेरुवामा हुनेछन । महिला र पुरुष भलिबल गडवामा , फुटबल बक्सडमा, कृकेट वयरकट्टि मा हुनेछन । कार्यक्रम सैनामेैना ५ मा रहेको युवा सञ्जालको आयोजना तथा सैनामैना ५ वडा कार्यालको समन्वयएवम सहयोगमा हुन लागेको हो ।

आैपचारिक कार्यक्रम क्लवका अध्यक्ष राजेन्द्र घिमिरेको अध्यक्षता , सैनामैना नगरपालिका प्रमुख फडिन्द्र शर्माको प्रमुख आतिथ्यता , उप-प्रमुख विना रानाको विशिष्ट आतिथ्यता , वडा अध्यक्ष धन प्रसाद पाैडेल , कार्यपालिका सदस्य एवम् वडा सदस्य मनकुमारी राई , अन्य जनप्रतिनिधि , विभिन्न सङ्घ सस्थाका प्रतिनिधि, लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम क्लवका उपाध्यक्ष मेघराज अर्यालको स्वागत एवम सचिव बिजय सुनारको सञ्चालनमा पशुपति सामुदायिक भवन सेरुवामा सम्पन्न भएको हो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation