नारी माथि शोषण गरिरहेको हुन्छ

रुपन्देही । सन् १९०८ मा न्यु योर्क सिटिमा १५ हजार महिलाहरुले कामको घण्टा छोट्याउन,उचित तलब दिन र आफुले मतदान प्राप्त गर्न माग प्रदर्शन गरेका थिए।त्यसको एक वर्ष पछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले पहिलो राष्ट्रिय नारी दिवस घोषणा गरेको थियो।

उक्त दिनलाई अन्तराष्ट्रिय बनाउने बिचार क्लारा जेटकिन नामकी कम्युनिष्ट अभियानकर्मी र महिला अधिकारकर्मी महिलाले अगाडि सारेकी थिइन।यसरी ८ मार्च यानेकी अन्तराष्ट्रिय श्रमिक महिला दिवस हरेक वर्ष मनाउदै आइरहेका छौं। र आज ११४औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस विभिन्न ठाउँमा विविध कार्यक्रम आयोजना गरि मनाइदै छ। तर दिवसको अवसर पारेर एक दिन नारी अधिकारका बारेमा नारा घन्काउने, दया होइन मायाको खाँचो देखाउने हाम्रो समाज बाँकि पुरै दिन अनेकौ बाहानाहरुले निरन्तर नारी माथि शोषण गरिरहेको हुन्छ।

छोरा र छोरी समान हुन भन्ने शिक्षा दिदैं आफ्नो वंश कायम राख्न छोरो जन्माउने कल्पना र आशमा मन मष्तिश्कले डर लाग्दो हिंशा गरिरहेको हुन्छ। आमाको गर्भबाट शिशु जन्मनासाथ सबैको मनले प्रशन गरिरहेको हुन्छ छोरा कि छोरीरु छोरी सुन्नासाथ नाकमुक किचिक्क चाउरी पर्छ। छोरी जन्मिनुमा मानव जातिको सृष्टिसँगै कुच्चिएको नाकमुख वर्तमान सम्म कुच्चिएकै छ र कहिले सम्म कुच्चिने ?
लेखकः  शकुन्तला गैरे

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation