![](https://upakaronline.com/wp-content/uploads/2024/03/buddha-670x420.jpg)
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं ७ देउवापारमा रहेको बुद्ध इङलिस स्कुलमा शुभकामना तथा बिदाइ कार्यक्रम भएको छ । कक्षा ९ को आयोजनामा भएको कार्यक्रम कक्षा १० का विद्यार्थीलाई शुभकामना दिदैँ सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका विद्यालयका प्राचार्य लेखनाथ गैरेले वर्तमान समयमा उर्वर युवा जगतमा मानसिक स्वस्थताको कमि कै कारण धेरै युवा लागुपदार्थ दुर्व्यसनीको सिकार हुँदै आत्महत्याको बाटो रोजिरहेको र सो को कारण देशको स्थिति जटिल बन्दै गएको बताउनुभयो। युवालाई यी दुवै कुराबाट अलग राख्दै जुनसुकै क्षेत्रमा पनि योग्य र सक्षम जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै कार्यक्रमका विशिष्ट अतिथि खेमराज पोखरेल र शुकदेव ज्ञवालीले शिक्षा मानिसका लागि मुख्य कुरा भएकाले आफ्नो नतिजा उत्कृष्ट बनाउन बिद्यार्थीलाई प्रोत्साहित गर्दै शुभकामना दिनुभयो ।
कार्यक्रममा कक्षा १० का विद्यार्थीले शिक्षक एवम् कर्मचारीलाई मायाको चिनो साथै विद्यालयलाई पनि टिटी बोर्ड र फोटो मायाको चिनो प्रदान गरेका थिए ।
विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य सहित मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रम कक्षा ९ कि विद्यार्थी ज्योति बानियाँको अध्यक्षता , प्रिन्सिपल लेखनाथ गैरेको प्रमुख आतिथ्यता , विद्यालय व्यवस्थापन समिति अध्यक्ष खेमराज पोखरेल र सह प्राचार्य शुकदेव ज्ञवालीको विशिष्ट आतिथ्यता , शिक्षक कर्मचारी , कक्षा १० का विद्यार्थी लगायतको आतिथ्यतामा भएको कार्यक्रम कक्षा ९ को छात्र शिशिर गुरुङको स्वागत एवम् खुस्बु थापाको सञ्चालनमा विद्यालय प्राङ्गणमा सम्पन्न भएको हो ।