
उपकार अनलाइन, सैनामैना ।
यस वर्षको एसइई परिक्षा विहिवार आजबाट सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी बिषयको परीक्षामा सम्पन्न भएको हो । आज पहिलो दिनको परिक्षा शान्तीपुर्ण बतावरणमा सम्पन्न भएकोको पर्रोहा मा बि का केन्द्र अध्याक्ष बल बहादुर केसीले बताउनु भयो ।
सबै बिधार्थीहरु उत्साहपुर्वक परिक्षामा सहभागी भएको र सौहार्दपुर्ण बातावरणमा आज पहिलो दिनको परिक्षा सम्पन्न भएको के सीले जानकारी गराउनु भयो । शिक्षा विकास तथा समन्वय इकाई प्रमुख माधव बन्जाडेका अनुसार सैनामैना नगरपालिकाबाट १ हजार ६ सय ७३ विद्यार्थीहरु परिक्षा सहभागी भएको जानकारी गराउनु भयो । सञ्चालनका लागि सैनामैना नगरपालिकामा ५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । सुनगाभा इलिस बेडिङ्घ स्कुल, पर्रोहा माध्यामिक विद्यालय, प्रभात इलिस बेडिङ्घ स्कुल, रामापुर माध्यामिक विद्यालय र पशुपती माध्यामिक विद्यालयलाई परिक्षा केन्द्र तोकिएको छ ।