विद्यार्थीको सुरक्षाका लागि अनेरास्ववियुद्वारा पुर्व-पश्चिम लोकमार्गमा जिब्राक्रस निर्माण

उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा न ६ मा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रहेको अनेरास्ववियु क्याम्पस कमिटिले आज पुर्व पश्चिम् सडकमा जेब्राक्रस निर्माण गरेको छ । सरकारले गर्ने काम अनेरास्ववियुले गर्न सफल भएको अध्यक्ष बिमल न्यौपानेले जानकारी दिनु भयो । अहिले सडक क्रस गर्ने ठाउँ यकिन नहुदा धेरै दुर्घटना हुँदै आएको छ । सडक क्रस गर्दा धेरै मानवीय क्षती कम गर्नको आगि यो अभियानमा अनेरास्ववियु लागेको बताईएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला कमिटि सचिव सुमित सापकोटा , बिशिष्ट अतिथि जिल्ला सचिवालय सदस्य एवम स्ववियु सचिव शिव न्यौपाने र ट्राफिक सहायक निरिक्षक तारा प्रसाद पन्त पत्रकार दिनेश घिमिरे लगाएतको उपस्थितिमा उक्त काम गरेको हो । क्याम्पस कमिटिले क्याम्पसमा जादा आउदा बिद्यार्थी लगायत सम्पूर्णको सुरक्षालाई मध्यनजर गर्दै बिहान क्याम्पस गेट अगाडि हाईवेमा जेब्राक्रस निर्माण गरेको छ ।
अनेरास्ववियुले आफ्नो क्षेत्रमा थुप्रै रचनात्मक कार्य गर्दै आएको स्थानीयले बताएका छन ।क्याम्पस कमिटी अध्यक्ष बिमल न्यौपानेको अध्यक्षत्तामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation