सैनामैना । गैडहवा गाउँपालिका वडा नं. ८ देवीनगरमा रहेको जनता आधारभूत विद्यालयलमा नतिजा प्रकाशन कार्यक्रम सम्पन्न भएको छ । यस वर्षको वार्षिक नतिजा आइतवार बिद्यार्थी अभिभावकको सहभागीतामा सम्पन्न गरिएको हो ।
कार्यक्रममा कक्षा एक देखि सातसम्मका विद्यार्थीहरुको नतिजा सुनाइएको थियो भने प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई टीका ,चकलेट , कापी र कलम सहित सम्मान गरिएको थियो । तहगत रुपमा १–३ तर्फ प्रथम हुने कक्षा तिनका सुवास लोध र ४७ तर्फ स्वागत अर्याललाई पनि पुरस्कृत गरिएको थियो । यस्तै अनुशासन र सरसफाइमा उत्कृष्ट रहेका विद्यार्थीहरुलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।
कार्यक्रम विद्यालयका प्रधानाध्यापक सूर्यकुमार रिजालको अध्यक्षता, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम थापाको प्रमुख आतिथ्यता एवम समितिका सदस्यहरु, अभिभावकहरुको आतिथ्यता रहेको थियो । विद्यालयका शिक्षक प्रतिनिधि गणेशकुमार गौतमको स्वागत एवम् शिक्षक प्रदिप ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।