सैनामैना-३ मा आमा समूहलाई मादल बजाउने तालिम सुरु

विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिका वडा नं.३ मा आमा समूहरुलाई मादल बजाउने तालिम सुरु गरिएको छ । सैनामैना वडा नं.३ को आयोजनामा १० दिने मादल बजाउने तालिम विहिवार देखि सुरु भएको हो ।

सैनामैना नगरपालिका वडा नं ३ ले छुट्याको आर्थिक वर्ष २०८०/०८१ को महिला लक्षित कार्यक्रम अन्र्तगत एक लाख रुपैया बजेटबाट वडा भित्र रहेका महिला दिदीबहिनीहरुलाई मादल बजाउने तालिम संचालन गरिएको वडाध्यक्ष तम बहादुर पुर्जाले बताउनुभयो ।

यस्तै कार्यपालिका सदस्य तथा कार्यक्रमका अध्यक्ष समेत रहनुभएकी मिरा क्षेत्रीले विगतका दिनहरु देखि नै वडाले महिला दिदीबहिनीहरुलाई सशक्तीकरण गराउन र आर्थिक रुपमा बलियो बनाउन वडाले विभिन्न कार्यक्रम र तालिम संचालन गर्दै आइरहेको बताउनुभयो । क्षेत्रीले यस तालिमले लोप हुँदै गएको नेपाली संस्कृतिको जर्गेना गर्ने समेत विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा भित्र रहेका विभिन्न आमा समूहका प्रतिनिधिहरु, टोल विकास सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मादल बजाउने तालिमको औपाचारिक कार्यक्रमको अध्यक्षता सैनामैना नगरपालिका कार्यपालिका सदस्य मिरा क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष तम वहादुर पुर्जा, वडा स्तरिया आमा समुहकी अध्यक्ष रिना केसी, वडा सदस्य जमुना पुन सुनार, कर्ण बहादुर केसी, रोहिणी प्रसाद चौधरी, प्रशिक्षक ईन्द्र विक लगायतको उपस्थिती रहेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation