उपकार अनलाइन, सैनामैना ।
सैनामैना नगरपालिकाको वडा नं ३ को आर्थिक सहयोग र सैनामैना संचार प्रा. लि को आयोजनामा मंगलवार देखी निःशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको छ । सैनामैना वडा नं ३ निवासी जेष्ठ नागरिक थानेश्वर घिमिरे र जमुना घिमिरेलाई सम्मान गर्दै कार्यक्रमको उदघाटन गरिएको हो ।
युवाहरुलाई अगाडी बढाउनको लागी वडाले बजेट बिनियोजन गरेर बिभिन्न कार्यक्रम गर्दै आएको सैनामैना वडा नं ३ का वडाअध्यक्ष तम बहादुर पुर्जाले बताउनु भयो । निःशुल्क लोक सेवा तयारी कक्षाले वडा भित्रका युवालाई भबिष्य सरकारी सेवामा प्रवेश गर्न सहयोग पुग्ने बिश्वास रहेको पुर्जाको भनाई थियो ।
पहिल्लो समयमा समाजमा संस्कार हराउदै गएकोले सस्कार कसैले पनि बिर्षन नहुने संदेश दिन सकियोस भन्ने उद्धेश्यले बृद्धलाई सम्मान गर्दै कार्यक्रमको सुरुवाट गरिएको सैनामैना संचार प्रा. लिका अध्यक्ष टिका खरेलले बताउनु भयो । यो तालिमले सहभागी युवाहरुको क्षमता बृद्धि गर्ने बिश्वास रहेको समेत खरेलको भनाई थियो ।
सहभागी सबैले तालिममा अनुशासित र मर्यादित रुपमा सहभागी भई तालिमको पुर्ण सदुपयोग गर्न सैनामैनाका कार्यापालिका सदस्य मिरा क्षेत्रीले बताउनु भयो । तालिममा लोक सेवा प्रवेशका लागी आवश्यक पाठयक्रममा आधारित रहने सैनामैना वडा नं ३ का सचिव पुण्य पसाद आचार्यले बताउनु भयो । तालिममा वडा नं ३ का करिब ३० जना युवाहरु सहभागी रहेका छन । सैनामैना वडन नं ३ को सभाहलमा सम्पन्न कार्यक्रमको संचालन निःशुल्क लोक सेवा तयारी कक्षा कार्यक्रम संयोजक बिमल गैरेले गर्नु भएको थियो ।