विमल गैरे, सौमैना ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा जारी तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगितामा मण्मिुकुन्द, न्यू होराइजन, वालिङ् र चापाकोट स्याङ्जा सेमिफाइनलमा प्रवेश गरेका छन् । शुक्रवार सम्पन्न खेलमा मण्मिुकुन्द भलिवल क्लवले डाफे मुनाल युवा क्ल्वलाइ २-० को जित निकाल्दै सेमिफाइनलमा पक्का गरेको हो भने अन्तिम खेलमा न्यू होराइजन स्पोर्ट क्लवले जिल्ला भलिवल क्लव पाल्पालाइ २-० को जित निकाल्दै सेमिफाइनलमा मण्मिुकुन्द भलिवल क्लव संगको खेल पक्का गरेको हो ।
यस्तै शुक्रवार सम्पन्न खेलमा वालिङ् ५ युवा क्लवले जि ब्वाइज युवाकल्वलाई २-० ले हराउदैै सेमिफाइनल प्रवेश गरेको हो भने चापाकोट स्याङ्जाले शान्ति युवा क्लवलाई २ ० ले हराउदै सेमिफाइनलमा वालिङ् ५ संगको भेट पक्का गरेको हो । यी दुवै खेल शनिवार हुनेछ । पहिलो सेमिफाइनल मण्मिुकुन्द र न्यू होराइजन विहान ९ वजे सुरु हुने छ भने दोस्रो सेमिफाइनल खेल वालिङ् ५ र चापाकोट स्याङ्जा विहान ११ वजे खेल्ने छन् ।
गत २६ गते बाट सुरु भएको तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगिताको फाइनल खेल पनि शनिवारनै सञ्चालन गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ११ हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । द्वितीय हुने टिमले नगद ६६ हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्दा तृतीय हुने टिमले नगद ३० हजार कप, मेडल र प्रमाण पत्र एवम् सान्त्वना हुने टिमले नगद २० हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने विभिन्न विधागत पुरस्कार तर्फ उत्कृष्ट सेटर उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्वर खेलाडीका लागि जनही १ हजार पाचसय र सर्वोकृष्ट खेलाडीका लागि २ हजार पाचसय रुपैया नगद पुरस्कार सहित सम्मान गरिने आयोजकले जनाएको छ ।
गैडहवा गाउँपालिकाको आर्थिक सहयोग र गैडहवा गाउँपालिका वडा नं. ४ को सहकार्य तथा श्री शान्ति युवा कल्व, गैडहवा–४, गैडाताल, रुपन्देहीको आयोजनामा तेस्रो गैडहवा गाउपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक मेला २०८१ कार्यक्रमको शनिवारनै सम्पन्न गर्ने प्रचार प्रसार संयोजक सन्त महादुर क्षेत्रीले बताउनुभयो ।