सकियो तेस्रो शिलाकोट कप : उपाधि हुँगीलाइ

उपकार अनलाइन, रुपन्देही ।
नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान, खेलाडी उत्पादन हाम्रो अभियान भन्ने नारा सहित सुरु भएको तेस्रो शिलाकोट कप वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि रम्बा गाउपालिका वडा नं. १ हुगीले जितेको छ । आइतवार सम्पन्न फाइनल खेलमा तिलकपुर युनाइटेड क्लव रामपुर ६ लाई २ १को सेटमा हराउदै उपाधि हात पारेको हो । उपाधि संगै हुगीले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वनेको तिलकपुर युनाइटेडले ३० हजारमा चित्त बुझाउन बाध्य भयो । यस्तै आयोजक शिलाकोट स्र्पोट क्लव तृतिय र रामपुर ३ सान्तवना वन्न सफल भएको छ ।
गत १२ गते देखि सुरु भएको तेस्रो शिलाकोट कप वडा स्तरीय पुरुष भलिवल प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो । शिलाकोट स्पोर्ट क्लव रामपुर नगरपालिका वडा न.८ पाल्पाको आयोजना तथा श्री विरेन्द्र प्राथमिक विद्यालय रामपुर नगरपालिका वडा न.८ पाल्पाको सह आयोजनामा उक्त प्रतियोगिता सञ्चालन भएको थियो ।

खेलकुद क्षेत्रको विकास गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगतका वर्ष देखिनै क्लवले भलिवल प्रतियोगिता गर्दै आएको छ । प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि अन्तराष्टिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले समाज अगाडी लैजान युवाहरुको ठुलो भुमिका भएको र त्यो भुमिका शिलाकोट युवा क्लवका युवाहरुले पुरा गरेको भन्दै खुसि व्यक्त गर्नुभयो । यहाँका युवाहरुले गाउँको सस्कृती, प्रतिभा र विकासका लागि सधै सकृय रहेको र आफु पनि आवश्यक परेको खण्डमा जुन सुकै सहयोग गर्न तयार रहेको कुरा उल्ले्ख गर्नुभयो । प्रमुख अतिथि रानाले अहिलेका युवाहरु आफ्नो भविस्य कसरी बनाउन सकिन्छ भनेर देश छोड्ने लर्को लागेको भन्दै अव ति युवाहरुलाई कसरी गाउमै स्वरोजगार बनाउन सकिन्छ भनेर युवाक्लवले सोच्न पर्ने समय आएको समेत बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि रामपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश आचार्यले यति ठुलो कार्यक्रम आयोजना गरेर सम्पन्न गरेुकोमा क्लवलाई धन्यवाद दिनुभयो । देश विदेशबाट सहयोग गर्नुहुने सवै प्रति आभार व्यक्त गर्दै क्लवले निकै राम्रो काम गर्दे आएको र यस क्लव संग वडा कार्यालय सधैै संगै र जनु सुकै सहयोग गर्न तयार रहेको जानकारी गराउनुभयो ।

कार्यक्रम क्लवका कार्यबाहक अध्यक्ष सुमन रानाको अध्यक्षतामा र क्लवका सचिव डोलराज श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो । कार्यक्रम समापन समारोहको अवसरमा सहयोगीदाताहरुलाई सम्पान पत्रले सम्मान गरिएको थियो भन देउराली मगर पन्चे वाजा समुहले पन्चे बाजामा प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथिहरुलाई नचाएका थिए ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation