दोस्रो किङ्स कप भलिबल प्रतियोगितामा भोलीबाट सेमिफाइनलका खेल सुरु

बिराट पहारी, पाल्पा ।
स्वास्थ्यका लागि खेलकुद रास्ट्रका लागि खेलकुद भन्ने मुलनारा सहित सुरु भएको दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको भोलीबाट सेमिफाइनलका खेल सुरु हुने खेल हुने आयोजकले जनाएको छ ।

विहिवार दोस्रो दिन ३ वटा खेलहरु पहिलो खेलमा बौदिकाली गाउँपालिका जिल्ला नवलपुरले रम्भा गाउँपालिका पाल्पालाई ३—० को सोझो सेटमा हराउदै सेमिफाइनल पक्का गरेको थियो भने दोस्रो खेल चापाकोट नगरपालिका र भिरकोट गाउपालिका खेल्नु पर्नेमा भिरकोट उपस्थित नभएपछि चापाकोट नगरपालिकाले पनि सेमिफाइनल पक्का गरेको थियो त्यस्तै आजै भएको खेलमा घिरिङ्ग गाउँपालिका तनहुँलाई पुर्वखोला गाउँपालिका पाल्पाले ३–० को सोझो सेटमा हराउदै सेमिफाइनल प्रवेश गरेको छ ।

विहिवार कार्यक्रममा रामपुर उद्योग बाणिज्य संघका महासचिव खेम बहादुर केसी (पुरुषोत्तम), रामपुर नगरपालिका वडा न.ं ५ का निवर्तमान वडा अध्यक्ष क्याप्टेन तथा क्लवका सल्लाहकार हिमाल मल्ल, इलाका प्रहरी कार्यलय रामपुरका कार्यलय प्रमुख राम बहादुर नेपाली, सेभेन स्टार ग्रुप रामपुरका मेम्वर विष्णु पौडेल, लगायतका अथितिहरुको उपस्थिती रहेको थियो । प्रतियोगिताको विच विचमा श्रीकिस कला केन्द्रका कलाकारहरुले नृत्य प्रस्तुत गर्दै दर्शकलाई थप मनोरन्जन प्रदान गरेका थिए ।

यस्तै शुक्रवार पहिलो सेमिफाइनल खेल रामपुर नगरपालिका र चापाकोट नगरपालिका र दोस्रो सेमिफाइनल बौदिकाली गाउँपालिका र पुर्वखोला गाउँपालिका बिच हुने खेल संयोजक लक्षमण मल्लले जानकारी गराउनुभयो ।

प्रतियोगितामा विजेता टोलीले १ लाख ११ हजार १११ हजार नगद पुरस्कार साथै मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ । उपविजेताले पनि ६६ हजार ६६६ नगद रुपियाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै तृतिय स्थान प्राप्त गर्नेले ४४ हजार ४४४ रुपियाँ नगद र सान्तवना स्थान प्राप्त गर्नेले २२ हजार २२२ रुपैया नगद प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडीलाई विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको छ । किङ्गस क्लब रामपुरको आयोजना र भम्बक युनाइटेड युथ क्लवको सह–आयोजनामा रामपुर नगरपालिका–५, भम्बकस्थित खेल मैदानमा प्रतियोगिता चलिरहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation