सैनामैना नमुना माविले आज ५१ औं वार्षिकोत्सव मनाउदै

उपकार अनलाइन, सैनामैना।

सैनामैना नगरपालिका वडा नं १ स्थित सैनामैना पर्होहा परमेश्वर नमुना माध्यमिक विद्यालयले आज ५१ औं वार्षिकोत्सव तथा अभिभावक भेला २०८१ भव्य रुपमा मनाउदै छ ।

विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीका अनुसार वार्षिक उत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । उत्सवलाई आकर्षक बनाउन विभिन्न साँस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, शैक्षिक सामग्री प्रदर्शनी तथा पुरस्कार वितरणजस्ता कार्यक्रमहरू आयोजना गरिनेछन्।

विशेषगरी, विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउन पढ्दै कमाउँदैु कार्यक्रम अन्तर्गत लोक भजन तथा पञ्चेबाजा कार्यक्रम समेत प्रस्तुत गरिनेछ। यसका साथै, विज्ञान तथा प्रविधिसँग सम्बन्धित नवीनतम आविष्कार तथा मोडेलहरूको प्रदर्शनी कार्यक्रम पनि आयोजना गरिनेछ, जसले विद्यार्थीहरूको सिर्जनशीलता र अनुसन्धान क्षमताको अभिवृद्धि गर्ने विश्वास गरिएको छ।

विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको सक्रिय सहभागितामा विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन्। यस अवसरमा विद्यालयको प्रगति, शैक्षिक सुधार तथा भौतिक पूर्वाधार विकासमा केन्द्रित छलफलहरू पनि हुने जनाइएको छ।

विद्यालयले स्थानीय समुदाय, पूर्वविद्यार्थी, अभिभावक, शिक्षक तथा शुभचिन्तकहरूलाई कार्यक्रममा सहभागिता जनाउन आह्वान गरेको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation