सुनगाभा सैनामैना गोल्डकप: फर्साटिकरले पुलिसलाई २-० ले हरायो

सैनामैना । सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा फर्साटिकर क्लबले जीत हासिल गरेको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन मंगलबार फर्साटिकारले नेपाल पुलिसलाई २–० ले हराउँदै हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

सैनामैना नगरपालिका-४ मुर्गियामा अवस्थित सैनामैना फुटबल रंगशालमा जारी गोल्डकप पहिलो हापको २९ औं र दोस्रो हापको ६४ औं मिनेटमा टिमका लागि फर्साटिकरका गणेश हमालले एक्लै २ गोल प्रहार गरि टिमलाई विजयी बनाउन सफल भए । फर्साटिकर क्लबका गणेश हमाल खेलको म्यान अफ द म्याद घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेको खेल संयोजक अशोक खड्काले जानकारी दिए ।

बुधबार एपीएफ नेपाल र अभिषेक चर्च रजहर नवलपुरबिच दिउँसो ३ बजे खेल हुने टिम सयोजक श्री दर्लामिले बताउनुभयो ।

प्रतियोगितामा पहिलो स्थान हासिल गर्ने टिमले नगद ७ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र र दोश्रो स्थान हासिल गर्ने टिमले नगद ४ लाख रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । सेमीफाइनलमा पुगेर बाहिरीने दुई टिम नगद ४०र४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, राईजीङ्ग प्लेयर र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार रुपैयाँ र ट्रफि पाउनेछन् ।
प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल क्लब गरी १० टोली सहभागीता रहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation