लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्दलाई

घोराही। चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लब रुपन्देहीले जितेको छ ।

दाङको घोराहीमा शनिबार भएको फाइनल खेलमा मणिमुकुन्दले न्यु होराइजन स्पोट्र्स क्लब बुटवललाई ३–१ ले हरायो । मणिमुकुन्दले २५–१४, २७–२९, २५–१९ र २५–२० को सेटमा जित निकालेको हो ।

उपाधिसँगै मणिमुकुन्दले दुई लाख ५१ हजार रुपियाँ पुरस्कार पायो । उपविजेता न्यू होराईजन एक लाख २५ हजार रुपियाँ पायो । रोयल सिस्ने युवा क्लब तेस्रो भयो । रोयलले ५० हजार रुपियाँ पुरस्कार पायो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीका रुपमा मणिमुकुन्द भलिबल क्लबका खेलाडी रेशम छन्त्याल, उत्कृष्ठ बलकरमा मणिमुकुन्दकै चिरण खड्का, उत्कृष्ट स्पाइक मणिमुकुन्दकै रेशम विक, उत्कृष्ट सर्वर न्यू होराइजनका बिष्णु बस्नेत, उत्कृटर डिफेन्डर होराइजनका तुल्सीराम बाग्चाल, उत्कृष्ट सेटरका रुपमा मणिमुकुन्दका दिपेन्द्र कुँवर र उत्कृष्ट कोचका रुपमा मणिमुकुन्दकै पवन थापा पुरस्कृत हुनुभयो ।

विजेतालाई नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री भीष्मराज आङदाङ्म्बेले पुरस्कार प्रदान गर्नुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation