
विमल गैरे, सैनामैना । रुपन्देहीको कञ्चन गाउँपालिकामा आजदेखि लुम्विनी साझेदारी कप फुटवल प्रतियोगिता सुरु भएको छ । अस्नैया युवा क्लव र लुम्विनी साझेदारी बनको संयुक्त आयोजनामा सन्चालन भएको प्रतियोगिताको रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले आज उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाइ सम्वोधन गर्दै प्रतिनिधिसभा सदस्य घिमिरेले अस्नैया युवा क्लवको २५औं बार्षिकोत्सव तथा रजत महोत्सवको र फुटवल प्रतियोगिता सफलताको सुभकामना व्यक्त गर्नु भयो । क्लवले २५ औं वर्ष सम्म समाजमा जुन भुमिका खेलेको छ त्यसको प्रसंशा गर्दै आगामी दिनमा समेत त्यस्ताकामलाई निरन्तर लैजान आग्रह गर्नुभयो । साथै खेल मैदानका लागि आवश्यक भौतिक पुर्वधार, फिल्ड मर्मतका लागि आवश्यक सहयोगका लागि आफुले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले कन्चलाई विशेष प्राथमिकतामा राख्दै विकासका गतिविधि गरेको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा कन्चन गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले यस किसिमका खेलकुद प्रतियोगिताले युवा कुलतमा लाग्न बाट वचाउन सकिने बताउनुभयो । वडामा खेलमैदान र खेलकुद सामाग्रीहरु प्रयाप्त नहुदा समेत अझै खेलाडीहरु उत्पादन गर्न कठिन भएको अध्यक्ष खत्रीको भनाइ छ ।
कार्यक्रम लुम्विनी साझेदारी वनका अध्यक्ष राजेन्द्र चौधरी र अस्नैया युवा क्लवका अध्यक्ष दुर्गा रास्कोटीको अध्यक्षतामा सम्पन्न भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा गैडहवा गाउँपालिकालाई १ का विरुद्धमा २ गोल गर्दै गौतम बुद्ध सामुदायिक विकास केन्द्र पिपरीचापाले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको १७ गते आइतवार आयोजक अस्नैया युवाक्लव र वुद्ध सेभेन स्टार विच प्रतिस्पर्धा हुदै छ ।प्रतियोगितामा विजेता टोलीले नगद २ लाख रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने उपविजेता टोलीले नगद १ लाख रुपैया शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ भने सर्वाेत्कृष्ट खेलाडीलाई नगद २५ हजार रुपैया पैदान गरीने छ । प्रतियोगिता चैत्र २७ गते सम्म अस्नैया युवा क्लवको खेल मैदानमा सञ्चालन हुने छ ।