मुख्यमन्त्री कप महिला भलिबलको उपाधि पाल्पालाई

रुपन्देही । दाङको घोराहीमा जारी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि पाल्पाले हात पारेको छ ।

प्रदेश खेलकुद परिषद, लुम्बिनीको आयोजनामा जारी भएको प्रदेश स्तरीय प्रतियोगिता अन्तरगत शनिबार भएको फाइनल खेलमा रुपन्देहीलाई ३ -२ सेटले हराउँदै पाल्पाले उपाधि हात पारेको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा फागुन २० गतेदेखि जारी प्रतियोगितामा रुपन्देही द्धितिय , रोल्पा तृतिय र वाके सान्तवना हुन सफल भएका छन् ।

प्रतियोगिताको उपाधि जिते संगै पाल्पाले नगद एक लाख, मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको छ भने रुपन्देहिले उपविजेता हुदै नगद पैसट्टी हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गरेको छ । यसैगरी, तृतीय हुन सफल रोल्पाले नगद पैतिस हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्दा बाकेले सान्त्वना हुदै नगद पन्ध्र हजार प्रमाण–पत्र मा चित्त बुझाउन बाध्य भयो ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा महिला भलिबल खेलाडी सहभागी भएका प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन गौतमले जानकारी दिनुभयो । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको प्रदेश खेलकुद परिषद, लुम्बिनीले जनाएको छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation