
विमल गैरे, सैनामैना ।
सुनगाभा पब्लिक स्कुलको आयोजनामा ‘शैक्षिक रुपान्तरणमा मेरो भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा सुनगाभा पब्लिक स्कुल र प्याराडाईज इङ्ग्लिस बोडिङ्ग स्कुलका शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको थियो । अन्तरक्रियामा कक्षाकोठामा प्रभावकारी शिक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा विशेष चर्चा गरिएको थियो ।
चेतना विकास फाउन्डेसनका सिइओ तथा अन्तर्राष्ट्रिय प्रशिक्षक कमल शिलवालले प्रशिक्षकका रूपमा शिक्षकहरुलाई प्रशिक्षण दिनु भएको थियो । उहाँले वर्तमान शिक्षा प्रणालीमा रूपान्तरण ल्याउन शिक्षकहरूले विद्यार्थी केन्द्रित सिकाइ, प्रयोगात्मक शिक्षण पद्धति, प्रविधिको प्रयोग र सकारात्मक सोच आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रमुख शैक्षिक सल्लाहकार कृष्ण पंगेनी, सुनगाभा पब्लिक स्कुलका प्राचार्य तिलव केसीले कार्यक्रममा बोल्दै यस्ता कार्यक्रमले शिक्षकहरूको क्षमता अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लिराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत केदार कार्कीले गनुभएको थियो भने कमल चन्द्र पौडेलको सहजीकरण कार्यक्रम सम्पन्न भएको हो ।