सैनामैना माविको ऐतिहासिक कीर्तिमान, कक्षा १२ मा ३.८७ जिपिए सहित थापा नगर प्रथम

उपकार अनलाइन, सैनामैना ।

राष्ट्रिय परीक्षा बोर्ड कक्षा १२ को सोमबार सार्वजनिक भएको नतिजामा सैनामैना पर्रोवा परमेश्वर नमुना माध्यमिक विद्यालय, रानीबगैचाले सैनामैना नगरपालिकामै ऐतिहासिक सफलता हात पार्दै नयाँ कीर्तिमान कायम गरेको छ। विद्यालयका विद्यार्थी सनम थापाले ३.८७ जिपिए ल्याएर सैनामैना नगरपालिकामै शीर्ष स्थान हासिल गर्न सफल भएका छन्।

विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीका अनुसार, सनम थापा विद्यालयको मात्र नभई नगरकै शैक्षिक गौरव बनेका छन्। थापा पढाइमा मात्र होइन, अतिरिक्त क्रियाकलापहरूमा पनि सशक्त उपस्थिति जनाउँदै उत्कृष्ट विद्यार्थीको उदाहरण प्रस्तुत गरेका छन्। विद्यालयले यस अघि कक्षा १० एसइइमा पनि ४ जनाले ४ जिपिए सहित नगरमै उत्कृष्ट नतिजा ल्याएको थियो ।

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation