
विमल गैरे, सैनामैना ।
भर्खरै सार्वजनिक भएको राष्ट्रिय परीक्षा बोर्ड (NEB) कक्षा १२ को नतिजामा दुर्गा भवानी माध्यमिक विद्यालय, सैनामैना–१, बनकट्टाले नगरमै उत्कृष्ट सफलता हासिल गरेको छ ।
सैनामैना नगरपालिकामा सामुदायिक र संस्थागत गरी कक्षा १२ सञ्चालन भएका ९ विद्यालय मध्ये दुर्गा भवानी माध्यमिक विद्यालय उत्र्तीण प्रतिशतमा नगर प्रथम भएको हो । उक्त विद्यालयका कूल ६१ परीक्षार्थी परिक्षमा सामेल भएकोमा ५४ जना उत्र्तीण भएका छन् । जसको नगरमा सवै भन्दा बढी उत्र्तीण ८८.५२ प्रतिशत रहेको छ ।
यता सैनामैना १ रानीवगैचामा रहेको सैनामैना पर्रोहा परमेश्वर नमुना माविका सनम थापाले नगरमै सवैभन्दा वढी ३.८७ जिपिए ल्याएर नगर प्रथम भएका छन् । उत्र्तीण प्रतिशका आधारमा उक्त विद्यालय नगरको द्धितिय स्थानमा रहेको छ । सैनामैना पर्रोहा परमेश्वर नमुना माविबाट कुल २४२ विद्यार्थी परिक्षामा सामेल भएका थिए २४२ विद्यार्थी मध्ये २०६ जना विद्यार्थी उत्र्तीण भएका छन् । जसको उत्र्तीण ८५.२२ प्रतिशत रहेको छ र नगरमा द्धितिय स्थानमा रहेको छ ।
यस्तै सैनामैना ६ मा रहेको जनकल्याण माविले ७७.७८ प्रतिशत ल्याउदै नगरमा तेस्रो स्थानमा रहेको छ । कक्षा १२ को रिजल्ट का आधारमा सैनामैनामा सस्थागत भन्दा सामुदायिक विद्यालयको नतिजा उत्कृष्ट रहेको देखिन्छ ।