
प्रदिप ज्ञवाली, जैमिनि, बागलुङ ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–५, बिनामारेस्थित चम्किलो तारा युवा क्लबले आयोजना गरेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तरगत आज उद्घाटन खेलमा अर्जेवा र आयोजक सेतो बिजयी भएका हुन ।
इमान्दारी, जिम्मेवारी र विचातवान युवा आजको आवश्यकता भन्ने नारा सहित अगि बढिरहेको क्लबले दीपावली–२०८२ को पावन अवसरमा खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, हाजिरीजवाफ एवंम छेलो प्रतियोगिता आयोजना गरेको हो ।
आज भएको पुरुष भलिबल अन्तरगत पहिलो खेलमा आयोजक रातोकट विरुद्ध आर्जेवा खेलकुद क्लबले २-० ले र दोस्रो खेलमा आयोजक सेतोले युनाइटेड जैमिनीको विरुद्ध २-० ले बिजयी भएका छन ।
कार्यक्रमको उद्घाटन गर्दै सुर्योदय जनक माध्यमिक विद्यालयका विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजेन्द्र के सिले आयोजक युवाहरुको सक्रियतालाई धन्यवाद दिदैँ यस क्षेत्रका युवालाई यो कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो । खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ६१ हजार १ सय ११ द्धितिय पुरस्कार नगद रु ३१ हजार १ सय ११ र सेमिफाइनल उपविजेता दुवै टिमलाई नगद ११ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै, महिला भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद रु २० हजार, द्वितीय पुरस्कार नगद रु १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिनेछ। नृत्य प्रतियोगिता तर्फ प्रथम नगद रु १० हजार र द्धितिय पुरस्कार नगद रु ६ हजार सहित प्रमाणपत्र प्रदान गरिने छ भने मावि स्तरीय हाजिर जवाफ प्रतियोगिता तर्फ प्रथम, द्धितिय र तृतिय पुरस्कार क्रमश १० हजार, ६ हजार र ३ हजार सहित प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै छेलो प्रतियोगितामा समेत नगद तथा आकर्षक पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष टंक विकले जानकारी गराउनुभयो ।
कार्यक्रम मुख्य समारोह कार्तिक ४ गते हुनेछ, जसमा राष्ट्रिय कलाकार तेजस रेग्मी, सम्झना भण्डारी र विष्णु सापकोटाको विशेष प्रस्तुती रहनेछ भने स्थानिय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने कार्यक्रम संयोजक आनन्द हमालले जानकारी दिनुभयो।
औपचारिक कार्यक्रम चम्किलो तारा युवा क्लबका अक्ध्यक्ष टङ्क बि क को अध्यक्षता, सुर्योदय जनक माध्यमिक विद्यालयका अध्यक्ष तेजेन्द्र केसीको प्रमुख आतिथ्यता , जनप्रतिनिधि , विभिन्न राजनीतिक दल तथा सघ संस्थाका प्रतिनिधिहरको आतिथ्यतामा भएको हो । कार्यक्रम क्लबका सचिव असिष केसीको स्वागत एवम् क्लवका सदस्य तथा शिक्षक वरुण पन्तको सञ्चालनमा सम्पन्न सर्वोदय जनक माध्यमिक विद्यालय विनामारेको प्राङ्गणमा सम्पन्न भएको हो ।












