
जैमिनि बागलुङ । जैमिनी नगरपालिका–५, बिनामारेस्थित चम्किलो तारा युवा क्लबले आयोजना गरेको शुभ दीपावली–२०८२ को पावन अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तरगत आज (सोमबार ) बरेङ र फलेबास फाइनल प्रवेश गरेका छन ।
इमान्दारी, जिम्मेवारी र विचातवान युवा आजको आवश्यकता भन्ने नारा सहित अगि बढिरहेको क्लबले आयोजना करेको कार्यक्रम अन्तरगत आज भएको सेमिफाइनलका खेलमा सप्तरङ्गी बरेङले आयोजक चम्किलो तारा युवा क्लबलाई सोझो सेटमा हराउदै फाइनल प्रवेश गरेको हो । खेलमा म्यान अफ द म्याच समेत भएका जीवन सुनारको उत्कृष्ट खेल प्रदर्शनमा बरेङ फाइनल प्रवेश गरेको हो ।
यस्तै , सान्तिचौर फलेबासले कालुङखोला युथ क्लबलाई २-१ को सेटमा हराउदैँ फाइनल प्रवेश गरेको हो । आज नै भएको महिला भलिबल तर्फ आयोजक चम्किलो ताराले सान्ति चौर अर्जेवालाई २-० को सोझो सेटमा हराउदै आयोजक चम्किलो तारा युवा क्लव महिला समूह फाइनल प्रवेश गरेको हो । फाइनल प्रवेश गरेको चम्किलो तारा युवा क्लव महिला समूह भोलि जैमिनि भलिबल क्लबसइ्ग उपाधिका लागि प्रतिस्पर्धा गर्ने जानकारी क्लबका सचिव आशिष केसिले दिनुभयो ।
भोली नै नृत्य प्रतियोगिता एवंम छेलो सटपुट प्रतियोगिता हुनेछ । कार्यक्रम मुख्य समारोह भोली ४ गते जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माको प्रमुख आतिथ्यमा समापन कार्यक्रम गरिने आयोजकले जनाएको छ । सार्थ समापन कार्यक्रममा राष्ट्रिय कलाकार तेजस रेग्मी, सम्झना भण्डारी र विष्णु सापकोटाको विशेष प्रस्तुती रहनेछ भने स्थानिय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने कार्यक्रम संयोजक आनन्द हमालले जानकारी दिनुभयो।












