
पाल्पा । झरना युवा क्लब, तिनाउ–२ झ्याङ्ला, पाल्पाले १२औं न्वागी महोत्सवको पावन अवसरमा क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८२ आयोजना गर्ने भएको छ।
प्रतियोगिता कार्तिक २५ गतेदेखि मंसिर २ गतेसम्म तिनाउ–२ झ्याङ्ला खेलमैदानमा सञ्चालन गरिने क्लबले जनाएको छ। पुरुष भलिबलतर्फ प्रथम हुने टोलीलाई रु.३० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। द्वितीय हुने टोलीलाई रु.२० हजार, तृतीयलाई रु.१० हजार र सान्त्वनालाई रु.५ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी उत्कृष्ट खेलाडी, स्पाइकर, सेटर र लिब्रोको पनि विशेष पुरस्कार रहनेछ। पुरुष टिमका लागि दर्ता शुल्क रु.२,५५५ तोकिएको छ।
महिला भलिबलतर्फ प्रथम हुने टोलीलाई रु.१० हजार, द्वितीयलाई रु.७ हजार र तृतीय हुने टोलीलाई रु.८ हजारका साथै शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। महिला टिमका लागि दर्ता शुल्क रु.१,२५० रहनेछ।
प्रतियोगिताका नियम अनुसार प्रत्येक टिममा कोचसहित ९ जना खेलाडी रहनेछन्। खेल TT System मा सञ्चालन गरिनेछ भने दोस्रो चरणदेखि Tieset System लागू हुनेछ। टिम दर्ता कार्तिक २१ गतेदेखि २५ गतेसम्म गर्न सकिनेछ। खेलका क्रममा चोटपटक भएमा खेलाडी स्वयं जिम्मेवार हुने, खेलमा विवाद आए आयोजक तथा रेफ्रीको निर्णय अन्तिम मानिने र खेल NVA को नियमअनुसार सञ्चालन गरिने आयोजकले जनाएको छ। खेलाडीहरूलाई गासवासको व्यवस्था नगरिने र तोकिएको समयमा उपस्थित हुनुपर्ने व्यवस्था गरिएको छ।
थप जानकारीका लागि सम्पर्क नम्बरहरू ९८६६७२५५६७ र ९८६७५८१९१४ राखिएको छ।













