दोस्रो भम्बक युनाइटेड कप भलिबल प्रतियोगिता मंसिर १६ देखी

पाल्पा । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ दोस्रो भम्बक युनाइटेड कप–२०८२ क्लबस्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

श्री भम्बक युनाइटेड युथ क्लब, रामपुर–५, भम्बकद्वारा आयोजित प्रतियोगिता आगामी मंसिर १६ देखि २० गतेसम्म सञ्चालन हुने खेल संयोजक अनुप मल्लले जानकारी दिनुभयो।

नेपालको राष्ट्रिय खेल “भलिबल” लाई प्रवर्द्धन गर्न उद्देश्य राखिएको प्रतियोगितामा विजेता टोलिले रु २,००,०००, दोस्रो हुनेले रु १,००,०००, र तेस्रो हुनेले रु ५०,००० प्राप्त गर्नेछन्।

त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु १०,०००, र उत्कृष्ट स्पाइकर, लिब्रो, सेटर, सर्भर र मिडल ब्लकरलाई जनही रु ५,००० का दरले पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष बालकृष्ण कुमालले बताउनुभयो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation