
रुपन्देही । मदिरा व्यवसायी संघ रुपन्देहीले नव वर्ष २०८३ सालको अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम शनिबार बुटवलको मिलनचोकस्थित दियालो फुड ल्याण्डमा सम्पन्न भएको हो।
संघका अध्यक्ष बाबुराम ज्ञवालीको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले नव वर्षको शुभकामना व्यक्त गर्दै व्यवसायी एकता र सशक्तिकरणमा जोड दिएका थिए। कार्यक्रममा निवर्तमान अध्यक्ष हिमालय भुसाल, पूर्व अध्यक्ष तथा सल्लाहकार खिम बहादुर खत्री तथा प्रदेश अध्यक्ष शम्भु प्रसाद भट्टराईले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमका प्रमुख अतिथि आन्तरिक राजस्व कार्यालयका कर अधिकृत चिरञ्जीवी बस्यालले व्यवसायीहरूले कानुनी दायित्व पूरा गर्दै पारदर्शी रूपमा व्यवसाय सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
संघका अध्यक्ष बाबुराम ज्ञवालीले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पार्दै व्यवसायीहरूको हकहित, समस्या समाधान र आपसी सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा प्रथम उपाध्यक्ष बावुलाल खनालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव जीवन पाण्डेले गरेका थिए।












