
सैनामैना । रुपन्देहीको सैनामैना स्थित सैनामैना वाटर वर्ल्ड एण्ड रिसोर्ट थप नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ। सेवा–सुविधामा सुधार गर्दै पर्यटकीय आकर्षण बढाउने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो।
नयाँ वर्ष २०८३ को अवसर पारेर रिसोर्टले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। अंग्रेजी मिति अनुसार अप्रिल १३ अर्थात चैत्र ३० गते सोमबार साँझ ६ बजेदेखि नया वर्ष विशेष सास्कृतीक कार्यक्रम हुने आयोजकले जनाएको छ।
कार्यक्रममा डि जे सण्डे तथा लोक तथा दोहोरी गायिका सम्झना रणपालको विशेष प्रस्तुति रहनेछ। साथै स्थानीय कलाकारहरूको सहभागितामा लाइभ तथा दोहोरी कार्यक्रममार्फत नयाँ वर्षलाई उल्लासमय वातावरणमा स्वागत गरिनेछ।
कार्यक्रमको टिकट शुल्क रु ६९९ निर्धारण गरिएको छ, जसअन्तर्गत गोरखा स्ट्रङ ३३० एमएलका २ बोतल बियर समावेश गरिएको प्याकेज रहेको छ।
नयाँ व्यवस्थापनसँगै मनोरञ्जन, खानपान तथा सेवा सुधारमा जोड दिएको वाटर वर्ल्डले यस कार्यक्रममार्फत आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, नयाँ वर्षलाई विशेष बनाउन सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।












