
विमल गैरे, सैनामैना । दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
सैनामैना–६ स्थित रामापुर माध्यमिक विद्यालयमा शनिबार सम्पन्न मतदानमा कुल १,६२४ मतदातामध्ये १,०९४ मत खसेको थियो। शनिबार रातिदेखि सुरु भएको मतगणना आइतबार बिहान सम्पन्न भई अन्तिम परिणाम सार्वजनिक गरिएको हो।
अन्तिम परिणामअनुसार अध्यक्ष पदमा नारायण प्रसाद खनाल ५५७ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी रमेश पन्तले ४४४ मत प्राप्त गरे।
उपाध्यक्ष पदमा कुमारी विष्णु भट्टराई ४९१ मतसहित विजयी हुँदा बसन्ती भट्टराई ४५१ मतमा सीमित भइन्। सचिव पदमा राम प्रसाद वस्याल ५५६ मतसहित निर्वाचित भए भने कमल न्यौपाने ३९१ मतसहित पराजित भए।
कोषाध्यक्षमा लक्ष्मी न्यौपाने ५२० मतसहित विजयी भइन्। उनकी प्रतिस्पर्धी किरण ज्ञवाली मरासिनीले ४१८ मत प्राप्त गरिन्। सह–सचिव पदमा सुनिल चौधरी ४८२ मतसहित विजयी हुँदा दीपक पौडेल ४५० मतमा सीमित भए।
खुला सदस्यतर्फ माधव बेल्वासे र घनश्याम भुसाल निर्वाचित भएका छन्। महिला सदस्यतर्फ सरस्वती खड्का, गीता पन्त, डिलाकुमारी पोखरेल, सीता पाण्डे र गंगा ज्ञवाली लम्साल विजयी भएका छन्।
त्यसैगरी लेखा समिति संयोजकमा राधाकृष्ण गैरे निर्वाचित भएका छन् भने सदस्यमा डिलाराम भुसाल र महिला सदस्यमा उमा खनाल चयन भएका छन्।
निर्वाचनमा उल्लेख्य मतदाता सहभागिता देखिएको थियो। नव(निर्वाचित नेतृत्वले खानेपानी व्यवस्थापन, सरसफाइ तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।












