आजवाट लुम्बिनी साँस्कृतिक भित्रका सवै विद्यालय १० दिन वन्द

उपकार अनलाइ, रुपन्देही ।
जाडो बढेपछि रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका भित्रका सवै विद्यालयहरु आजबाट १० दिनका लागि बन्द हुने भएको लुम्बिनी साँस्कृतिक नगरपालिका ले जनाएको छ ।

केहि दिन यता देखि जाडो अत्याधिक बढेकाले बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पौष १९ देखि पुस २९ गतेसम्म सबै सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने लुम्बिनी साँस्कृतिक नगरपालिका नगरप्रमुख सजरुद्दिद मुसलमानले बताउनु भयो ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाले सोमबार सूचना जारी गर्दै वर्षे हिउदे विदाबाट कट्टी हुने गरी १० दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । लुम्बिनी साँस्कृतिक नगरपालिका शिक्षा साखा प्रमुख लक्ष्मी पराजुलीले पुस २९ गते देखि भने विद्यालय निरन्तर सञ्चालन हनु जानकारी गराउनु भयो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation