तौलिहवामा जारी टि २० क्रीकेटमा आज चौथो दिन २ वटा खेल सम्पन्न

कपिलवस्तु । तौलिहवा टि २० क्रीकेट प्रतियोगितामा आज चौथो दिनमा २ वटा खेल सम्पन्न भएको छ । पहिलो खेल जय बुद्ध क्रिकेट क्लब र यशोधरा गाउँपालिका बीच भएको थियो ।

जसमा टस जितेर ब्याटिङ गरेको जय बुद्ध क्रिकेट क्लबले निर्धारित १६ ओभर मा छ बिकेट गुमाउदै १३१ लक्ष्य दिएको थियोे । जवाफी ब्याटिङमा यशोधारा गाउँपालिकाले १३ ओभर मा आफ्नो सबै विकेट गुमाउँदै ७० रन मात्रै जोड्न सक्दा जय बुद्ध क्रिकेट क्लबले ६० रनले जितेको छ । म्यान अफ द म्याच कुसल थापा भएको छन् । उनले ४ ओभर बलिङ गर्दै ८ बिकेट लिएका थिए ।

त्यसैगरी दोस्रो खेल Master eleven  र वडा नम्बर ६ बीच भएको थियोे । टस जितेर ब्याटिङ गर्दै master eleven  ले निर्धारित १६ ओभर मा ४ गुमाउँदै ११४ रनको लक्ष्य दियो । जसमा वडा नम्बर ६ ले सबै बिकेट गुमाउदै ९ ओभर मा ३९ रन मात्रै जोड्न सक्यो ।

यश खेलमा म्यान अफ द म्याच मोहम्मद हुसेन भएका छन् । उनले ४ ओभर बलिङ गर्दै १४ रन दिएर ६ विकेट लिएका थिएभने ब्याटिङमा मा नट आउटमा ३९ रन जोडेको आयोजकबाट मोहमद साहिलले जानकारी दिनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation