कपिलवस्तु । कपिलवस्तुमा क्रिकेट प्रेमी भएपनि न्युन प्रतियोगिताले गर्दा खेलाडी उत्पादनमा असर परेकाले , खेलाडी उत्पादनमा मद्दत गर्ने उदेश्यले पहिलो संस्करणको तौलिहवा टि २० क्रीकेट प्रतियोगितामा आज फाइनल खेल सम्पन्न भएको छ । खेल स्टार क्रिकेट क्लब र मास्टर इलाभेन क्लब बीच भएको थियो ।
जसमा टस जितेर पहिले ब्याटिङ गरेको स्टार क्रिकेटले १७।४ ओभरमा सबै विकेट गुमाउदै ९९ रनको लक्ष्य दिएको थियोे । जवाफी ब्याटिङमा मास्टर इलाभेनले आफ्ना सबै विकेट गुमाउँदै ९० रनमात्र जोड्दै उपविजेता भएको छ । ८ रनको जित निकाल्दै स्टार क्रिकेट क्लबले तौलिहवा टि २० क्रीकेट प्रतियोगिताको उपाधि जितेको छ ।
आजको खेलमा म्यान अफ द म्याच रवि शुक्ला हुनुभएको छ भने प्रतियोगितामा उत्कृष्ट बलरबको उपाधि १३ विकेट लिदै मास्टर इलाभेनका एम।डि हुसेन र कुल १२३ रन जोड्दै म्यान अफ द सिरिज शिव कुमार मौरिया हुनुभएको छ ।
कपिलवस्तुमा आगामी दिन अझै प्रतियोगिता गराउदै राष्ट्रिय खेलाडीले उत्पादन गर्नमा कुनै कसर बाकी नराख्ने आयोजकबाट मोहमद साहिल इदरिसीले जानकारी दिनुभयो ।
यस प्रतियोगितामा सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै अगाडि दिन अझ सहयोग साथ र सबै क्षेत्रबाट क्रिकेट विकासमा मद्दत गर्न आयोजकले अपिल समेत गरेको छ ।