बाणगंगा खानेपानीको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः कार्की

उपकार अनलाइन, कपिलवस्तु ।

बाणगंगा खानेपानी उपभोक्ता तथा ससफाई समितिको अध्यक्षमा पुनः विश्व कार्की निर्वाचित हुनुभएको छ ।

शनिवार संस्थाको ५ औं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट कार्की पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । अध्यक्ष कार्कीले अघिल्लो एक कार्यकाल अध्यक्षको जिम्मेवारी पुरा गरि सक्नुभएको छ । अघिल्लो कार्यकालमा उत्कृष्ट खानेपानीलाई दिगो संस्थागत रुपमा अगाडि बढाई करौडौको बहुबर्षिय योजना पार्न सफल कार्की सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो ।

खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ बाणगंगाका अध्यक्ष समेत रहनुभएका कार्कीले जिल्लामै नमुना खानेपानीको रुपमा विकास गर्ने उद्देश्यका साथ पुनः अध्यक्षमा निर्वाचित भएको बताउनुभयो । कार्कीले पुनः अध्यक्षको जिम्मेवारी प्रदान गर्नुहुने आम उपभोक्ता महानुभावहरु प्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामि दिनमा रचनात्मक सल्लाह सुझावको अपेक्षा गरेको बताउनुभयो । कार्कीले उपभोक्तामुखी, संस्थागत विकाससंगै शुद्ध खानेपानी र सरसफाईलाई प्रमुख प्राथमिकता दिंदै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation