रहेनन् प्रत्यक्ष दोहोरीमा माहिर भिम पौडेल

उपकार अनलाइन, रुपन्देही ।
नेपाली लोक दोहोरी क्षेत्रमा उदाउदै गरेका गायक भिम पौडेलको गएराती निधन भएको छ ।

विशेष गरी प्रत्यक्ष लाइभ दोरीमा अव्वल पौडेलको विहिवार राती ११ः २० मा मृत्युभएको पारिवारीको श्रोतले जानकारी गराएको छ । पौडेल केहि समय देखी डिप्रेसन र ब्लड क्यान्सरको रोगी समेत हुनुहुन्थ्यो । उहाको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको हो ।

वि.स.२०६७/६८ देखि आफ्नो साङ्गीतिक यात्रा थालेका गण्डकि प्रदेश स्थित स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका–९ कोल्मामा जन्मिएका प्रतिभा साली गायक तथा सर्जक भिम पौडेलले २०७२ मा “जमना एस्तै छ” बोलको गीत पहिलो पटक नेपाली बजारमा ल्याई दर्शक स्रोताहरुको मन जित्न सफल रहेका थिए । गायक पौडेल प्रत्यक्ष दोहोरीमा माहिर ठानिन्छन ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation