भारतमा रहेकाे बीबीसीको कार्यालयमा तीन दिनसम्म आयकर विभागको खानतलासी

एजेन्सी ।  भारतमा रहेकाे बीबीसीको कार्यालयमा आयकर विभागले तीन दिनसम्म खानतलासी गरेको छ । भारतीय आयकर विभागका अधिकारीले नयाँ दिल्ली र मुम्बईमा रहेको बीबीसी कार्यालयमा हिजो, अस्ति र गएको मङ्गलवार निरन्तर खानतलासी गरेका हुन् ।

यो विषयलाई बीबीसीले सकेसम्म चाँडो समाधान हुनुपर्नेमा जोड दिएको छ । साथै कुनै पनि डर त्रास वा कसैको पक्ष नलिइकन आफ्नो रिपोर्टिङ जारी रहने जनाएको छ ।

बीबीसीले बेलायतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा वृत्तचित्र प्रसारण गरेको केही हप्तापछि बीबीसीको भारतमा रहेको कार्यालयमा आयकर विभागले खानतलासी गरेको हो । वृत्तचित्र सन् २००२ मा गुजरातमा भएका मुस्लिमविरोधी हिंसामा मोदीको भूमिकामा केन्द्रित छ । त्यसबेला मोदी गुजरातको मुख्यमन्त्री हुनुहुन्थ्यो ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation