विष्णु खत्रीको मर्मस्पर्शी दशै गीत ‘उडि जाने जहाज’

रुपन्देही । लोकप्रिय गायक एवं सर्जक विष्णु खत्रीको दसैं विशेष गीत ुउडी जाने जहाजु सार्वजनिक भएको छ । गीतमा बाल गायक सुप्रिम मल्ल र विष्णु खत्रीको आवाज रहेको छ । गीतमा शब्द संगीत सृजना विष्णु खत्रीले नै गरेका छन् ।

कृष्ण केसीको संगीत संयोजन श्यामश्वेत रसाइलीको ध्वनी मिश्रण रहेको यस गीतको रेकर्ड कमल थापा, गोविन्द अनेक र किरण विश्वकर्माले गरेका हुन् म्युजिक भिडियोको कथा निमार्ण र निर्देशन विष्णु खत्रीले नै गरेका हुन भने सहनिर्देशन प्रथम क्षेत्रीले गरेका हुन् । भिडियोमा विष्णु खत्री, स्मारिका ढकाल र सर्विन केसीको अभियन रहेको छ । करण चैसिएले छायांकन गरेको यस म्युजिक भिडियोको सम्पादन प्रविण भट्टले गरेका हुन् ।

दसैँ गीत भनेपछि अग्रस्थानमा आउने नाम हो विष्णु खत्री विष्णु खत्रीको दसैँ गीत आएपछि बल्ल दसैं आएझैं लाउने उनका दर्शक श्रोता बताउने गर्छन् गायक खत्रीले दसैंको रौनक सुरु हुन लाग्दा यो अत्यन्तै मर्मस्पर्शी गीत सार्वजनिक गरेका हुन् ।

बाबु छोराको कथामा तयार पारिएको यस गीतले नेपाली समाजको वास्तविकताको प्रतिनिधत्व गरेको छ । गीतले दर्शक श्रोताको अत्यन्तै सकारात्मक प्रतिक्रिया बधाई प्राप्त गरिरहेको छ । गायक एवं सर्जक खत्रीले अब क्रमशः अरु दसैंका गीतहरु पस्किदै जाने हामीलाई जानकारी दिए ।

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation