
उपकार अनलाइन, सैनामैना ।
पाँचौ सैनामैना महोत्सवको चौंथो दिन आज लोक तथा दोहोरी गायक खुमन अधिकारी, लोक तथा दोहोरी गायक दिपक गरौजा मगर, लोक तथा दोहोरी गायिका मञ्जु भट्टराई, सम्झना रणपाल, राजेश भण्डारी साथमा स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने सास्कतिक संयोजक चाम वहादुर क्षेत्रीले बताए ।
महोत्सवको तेस्रो दिन झण्डै तीन हजार दर्शकहरुले अवलोकन गरेको र करिव ४ लाख बरावरको आर्थीक कारोवार भएको मुल आयोजक समिति संयोजक सुरेन्द्र पौडेलले बताए । यता महोत्सवको मुख्य आकर्षणको रुपमा हेरिएको पाचौ सैनामैना डान्सिङ्ग आईडलबाट शुक्रवार प्रतियोगि नं. ८ असिम सोमै बारिएका छन् । आज बाकी ९ जनाले प्रस्तुती देखाउने छन् र क्रमश दर्शक तथा निर्णायकको आधारमा आज पनि १ जना बाहिरिने अतिरिक्त क्रियाकलाप संयोजक चन्द्र प्रकाश वन (रामु) ले जानकारी दिए ।
“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा सैनामैना महोत्सव जारी छ । मेला फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।












