मुटु जलाइ जलाइका गायक शर्मा आज सैनामैना महोत्सवमा

उपकार अनलाइन, सैनामैना ।

पाँचौ राष्ट्रिय सैनामैना महोत्सवमा आज (शनिबार) मुटु जलाई जलाई, पर्खाई, तिम्रो थर मेरो थर, मेरो कथा सुन, सपनाको घर लगायत दर्जनौ गितका सर्जक तथा बहु प्रतिभासाली लोक तथा दोहोरी गायक पुस्कल शर्माको प्रस्तुति रहने छ । यस्तै लोक तथा दोहोरी गायक वैकुण्ठ महत र गायक एवम् हास्य कलाकार उज्जवल गिरीको पनि प्रस्तुति रहने महोत्सवका साँस्कृतिक संयोजक चाम बहादुर क्षेत्रीले बताउनुभयो ।

“देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सञ्चालित मेलामा सैनामैना डान्सिङ्ग आइडलको फाइनल प्रतिस्पर्धा पनि आजै हुने अतिरिक्त क्रियाकलाप संयोजक चन्द्र प्रकाश वनले बताउनुभयो ।

सैनामैना २ कालिकाचोकमा चलिरहेको महोत्सव भोली सकिदै छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation